Date : 2020-05-21 | Source : www.nepalipaisa.com
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ४ जना कोरोना संक्रमित बिहीबार निको भएर घर फिर्ता भएका छन् । काठमाडौंका २ र भक्तपुरका २ जना संक्रमित उपचारपछि घर फर्केका हुन् । उनीहरु एक साता अघि अस्पताल भर्ना भएका थिए ।