Date : 2020-04-01 | Source : www.nepalipaisa.com
काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण विश्वव्यापी रुपमा तेलको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले पनि भाउ घटाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो। भाउ घटेपछि अब पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ र डिजेल र मट्टितेल दुवैको भाउ प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ। घटेको मूल्य बुधबार राति १२ बजेबाटै कार्यान्वयनमा आउनेछ ।