Date : 2020-06-17 | Source : www.nepalipaisa.com
काठमाडौं : चीनको केन्द्रीय राजधानी बेइजिङमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नियन्त्रणका कडा व्यवस्था लागू गर्न थालिएको छ । यसैक्रममा बेइजिङमा रहेका २ वटा विमानस्थलबाट हुने सयौंं आन्तरिक हवाई उडान रद्द गरिएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार यसक्रममाा करिब १२ सय ५५ वटा आन्तरिक उडान रद्द भएका छन् । बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको छ ।