View More


कोरोना भाइरसको प्रभाव कहाँ कति ?

Date : 2020-06-19 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ लाख ७८ हजार ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ५६ हजार २९१ पुगेको छ । हालसम्म ४५ लाख ३० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २० हजार ६८८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २२ लाख ६३ हजार ६५१ पुगेको छ । अमेरिकामा ९ लाख ३० हजार ९९४ जना उपचार गरेर डिस्चार्ज भएका छन् । 
 

Read Full News

Loading