View More


कोरोना भाइरसलाई ५५ लाख ५६ हजारले पारे परास्त

Date : 2020-06-29 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २ लाख ४९ हजार ३७७ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ४ हजार ४६६ पुगेको छ । हालसम्म ५५ लाख ५६ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २८ हजार ४३७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २६ लाख ३७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजारभन्दा धेरै नयाँ संक्रमित थप भएका हुन् । 

Read Full News

Loading