View More


कोरोना संक्रमितको संख्या १ करोड ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन ५३ हजार नयाँ संक्रमित थपिए

Date : 2020-07-03 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९ लाख ९१ हजार ८७२ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख २४ हजार १७६ पुगेको छ । हालसम्म ६१ लाख ५० हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३१ हजार ४८५ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २८ लाख ३७ हजार १८९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५३ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा एकैदिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो ।

Read Full News

Loading