View More


पछिल्लो २४ घण्टामा विश्वमा २ लाख २४ हजार नयाँ संक्रमित थपिए

Date : 2020-07-10 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २३ लाख ९० हजार ७३४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख २४ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ५७ हजार ४१६ पुगेको छ । हालसम्म ७२ लाख २१ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३२ लाख १९ हजार ९९९ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ६१ हजार भन्दा धेरै नयाँ संक्रमित थपएिका छन् । 

Read Full News

Loading