View More


विश्वमा ८६ लाख १२ हजार कोरोना संक्रमणबाट मुक्त

Date : 2020-07-19 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४४ लाख २६ हजार १५० पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ४ हजार ९१७ जना पुगेको छ । हालसम्म ८६ लाख १२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६३ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ३३ हजार ३७१ पुगेको छ । यहाँ हालसम्म १ लाख ४२ हजार ८७७ जनाको मृत्यु भएको छ । 
 

Read Full News

Loading