View More


विश्वमा कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

Date : 2020-07-20 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४५ हजार ९४७ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ८ हजार ९४२ पुगेको छ । हालसम्म ८७ लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख १९ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६५ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ९८ हजार ५५० पुगेको छ । यहाँ हालसम्म १ लाख ४३ हजार २८९ जनाको मृत्यु भएको छ । 

Read Full News

Loading