View More


कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख कट्यो

Date : 2020-07-21 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४८ लाख ५७ हजार ४८१ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख १३ हजार ३४० जना पुगेको छ । हालसम्म ८९ लाख ११ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ११ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६२ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ६१ हजार ४२९ पुगेको छ । यहाँ हालसम्म १ लाख ४३ हजार ८३४ जनाको मृत्यु भएको छ । 

Read Full News

Loading