Date : 2020-07-26 | Source : www.nepalipaisa.com
काठमाडौं : नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ १३० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६१३ जना पुगेको छ ।