View More


कोरोना संक्रमणको यस्तो छ अवस्था

Date : 2020-07-27 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६४ लाख २० हजार २८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख १७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ५२ हजार २५६ पुगेको छ । हालसम्म १ करोड ४८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख ७१ हजार ८३९ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४९ हजार ८४९ जनाको मृत्यु भएको छ । 

Read Full News

Loading