Date : 2020-07-27 | Source : www.nepalipaisa.com
काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमित संख्या दिनहुँ वृद्धि भइरहेको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ९३१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । कुल संक्रमित संख्या १४ लाख ३५ हजार ४५३ जनापुगेको छ । अहिलेसम्म ९ लाख १७ हजार ५६८ जना संक्रमणमुक्त भइसकेका छन् ।