View More


विश्वमा कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

Date : 2020-07-29 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ९३ हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ६३ हजार ४७६ पुगेको छ । हालसम्म १ करोड ४ लाख ५६ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ५२ हजार ३२० जनाको मृत्यु भएको छ । 

Read Full News

Loading