Date : 2020-07-30 | Source : www.nepalipaisa.com
काठमाडौं : अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण गत मंगलबार एकै दिनमा १५ सय ९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताकै सबैभन्दा बढी हो ।