View More


पछिल्लो २४ घण्टामा २ लाख ९३ हजार कोरोना संक्रमित थपिए

Date : 2020-07-30 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ८७ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ७० हजार २०२ जना पुगेको छ । हालसम्म १ करोड ६ लाख ९७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६८ हजार ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७० हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म १ लाख ५३ हजार ८४० जनाको मृत्यु भएको छ । 

Read Full News

Loading