Date : 2020-08-02 | Source : www.nepalipaisa.com
काठमाडौं : नेपालमा आइतबार थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २४६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ जना पुगेको छ ।