Date : 2020-09-23 | Source : www.nepalipaisa.com
सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि अन्तराष्ट्रिय उडान सुरु गरिएको भए पनि पीसीआर परीक्षण सहज नभएकाले ती मुलुकमा भने नियमित उडान हुन सकेको थिएन ।