Date : 2021-01-27 | Source : www.nepalipaisa.com
नेपालमा आज बुधबार (माघ १४ गते) बाट कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरिएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिमार्फत खोप अभियानको सुरुवात गरेका हुन् ।